aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एसपीमा बढुवा भएका २४ जनाको पदस्थापन (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
एसपीमा बढुवा भएका २४ जनाको पदस्थापन (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका एसपीहरुलाई पदस्थापन गरिएको छ । बैशाख १८ गते बढुवा समितिको निर्णयअनुसार २४ जना डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरिएको थियो ।

सोमबार प्रहरी प्रधान कार्यालयले बढुवा भएका २४ जना एसपीहरुलाई पदस्थापन गरेको हो ।

बढुवा भएका नवनियुक्त २४ एसपीले आइतबार मात्र दर्ज्यानी चिह्न प्राप्त गरेका थिए । प्रहरी प्रधान कार्यालयले सोमबार विज्ञप्ति जारी गरी उनीहरूको पदस्थापन गरिएको जानकारी गराएको हो ।

तुलबहादुर कार्कीको महानगरीय प्रहरी परिसर ललितपुर, होबिन्द्र बोगटीको महानगरीय अपराध महाशाखा टेकु, वेद विष्टको केन्द्रीय प्रहरी कार्यदल कपन, राकेश सिंहको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र राजीवबहादुर बस्नेतको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पदस्थापन भएको छ ।

त्यस्तै, प्रवीणलाल श्रेष्ठ महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स रानीपोखरी, सन्तोषसिंह राठौर महानगरीय प्रहरी कार्यालय विशेषा सुरक्षा महाशाखा, शिवकुमार श्रेष्ठ प्रहरी उच्च माध्यमिक विद्यालय साँगा, शान्तिराज कोइराला प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा र सञ्जयसिंह थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् ।

त्यसैगरी महेन्द्र खड्काको सम्पत्ति शुद्धीकरण विभाग, दीपक पोखरेलको प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रभुप्रसाद ढकालको प्रहरी प्रधान कार्यालय मानव बेचविखन ब्युरो, सन्तोषकुमार भट्टराईको महानगरीय अपराध महाशाखा टेकु, प्रकाश मल्लको प्रहरी प्रधान कार्यालय जगेडा पुल, वामदेव गौतमको महानगरीय ट्राफिक महाशाखामा पदस्थापन भएको छ ।

कसको पदस्थापन कहाँ भयो ? सूचीमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस