aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतमा एकैदिन १७५ जनाले ज्यान गुमाए, झण्डै ४ हजार नयाँ संक्रमित फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
भारतमा एकैदिन १७५ जनाले ज्यान गुमाए, झण्डै ४ हजार नयाँ संक्रमित फेला

भारत । भारतमा कोरोना भाइरसबाट एकैदिन अहिलेसम्मकै उच्च संक्रमण र उच्च मृत्यु पगेको छ । २४ घण्टाको अवधिमा भारतमा १७५ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ६५६ जना संक्रमित भएका छन् । यो अहिलेसम्मकै उच्च हो । 

संक्रमितको संख्या ४६ हजार ४३७ भएको छ । सोमबार महाराष्ट्रमा १५६७, तमिलनाडुमा ५२७, गुजरातमा ३७६, दिल्लीमा ३४९, राजस्थानमा १७५, उत्तरप्रदेशमा १२१ र मध्यप्रदेशमा १०५ जना संक्रमित भेटिएका हुन् । 

नेपालसंग जोडिएको राज्य बिहारमा २४ घण्टामा ११ जना थपिएका छन् । संक्रमितको संख्या ५२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस