
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर क्राइम गरेको अभियोगसहित जाहेरी दर्ता भएको छ। उनले गत सोमबार रेडियो नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ भनेर सामाजिक प्रतिष्ठा र इज्जतमा धक्का पुर्याएको दाबीसहित जाहेरी दर्ता भएको हो।
महानगरीय प्रहरी परिसरले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जिल्ला सरकारी वकिलकहाँ जाहेरी दर्ता भएको हो। भट्टराईले सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओली लक्षित टिप्पणी ‘भष्मासुर प्रवृत्ति अन्त्य गरौं ‘भन्दै बेइज्जत गरेको दाबी जाहेरीमा छ।
प्रतिक्रिया दिनुहोस