aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

पाकिस्तानमा राहुल पहिलो हिन्दु वायुसेना पाइलट बने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
पाकिस्तानमा राहुल पहिलो हिन्दु वायुसेना पाइलट बने

एजेन्सी । पाकिस्तान वायु सेनामा पहिलो  हिन्दु पाइलटमा नियुक्त भएका छन् । पाकिस्तानको इतिहासमा पहिलो पटक हिन्दु हिन्दु पायलट चयन गरिएका हुन । राहुल देव नामका पहिलो हिन्दु पाइलटले पाकिस्तानी वायुसेनामा जनरल ड्यूटी पायलटको पद पाएका छन ।

पाकिस्तानी मिडियाका अनुसार, राहुल देव पाकिस्तानको सिन्ध प्रान्तको सबैभन्दा ठूलो जिल्ला थारपारकरबाट आएका हुन ।  थारपारकरमा हिन्दु समुदायका धेरै मानिसहरू बसोबास रहेको छ ।  पाकिस्तान हिन्दु पञ्चायत सचिवका रवि दवानीले  वायुसेनामा हिन्दु पायलटका रूपमा राहुल देवको चयन भएपछि खुशी व्यक्त गरे । 

अल्पसंख्यक समुदायका धेरै मानिसहरू पाकिस्तानी सेना र सिभिल सर्भिसमा सेवा गरिरहेका छन्। थारपारकर जिल्लाको मानव विकास सूचकांक सम्पूर्ण सिन्ध प्रान्तमा सबैभन्दा खराब छ । पूर्वाधार, स्वास्थ्य सुविधा र शिक्षा प्रणालीको अवस्था अव्यवस्थित अवस्थामा छ । 

प्रतिक्रिया दिनुहोस