aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ड्युटीमै रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ जेठ २०७६
ड्युटीमै रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जना पक्राउ

काठमाडौं । उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेका थिए । 

पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ चालक र ६ जना सहचालक पक्राउ गरेका हुन् । १५ जना मोटरसाइकल चालक पनि पक्राउ परेका छन् । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस