aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नौ बर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
नौ बर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज थपिएका ७ जना कोरोना संक्रमित मध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको पुष्टि गरेका छन् । उनले नेपालगञ्जमा थपिएका ७ जनामध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको जनाएका हुन् । 

नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो दोश्रो घटना हो । यस अघि पनि नेपालगञ्जकै ७ बर्षीया बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस