
अमेरिका । अमेरिकामा कोरोना महामारीका कारण वित्तीय संकट भएको छ । अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ। यसअघि राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो।
अघिल्लो चौमासमा भन्दा पाँच गुणा बढी ऋण लिनुपर्ने अवस्था रहेको र यो सन् २००८ मा निम्तिएको वित्तीय संकटभन्दा पनि खराब रहेको बीबीसीमा उल्लेख छ। सन् २०१९ मा अमेरिकाले कूल १२ खर्ब ८० अर्ब रुपैयाँ ऋण लिएको थियो।
कोरोना महामारी निम्तिएपछि स्वास्थ्य वित्त पोषण र प्रत्यक्ष भुक्तानीका लागि त्यहाँ ३० खर्ब डलरको प्याकेज ल्याइएको छ। यो प्याकेज अमेरिकी अर्थतन्त्रको झन्डै १४ प्रतिशत हुन आउँछ। पछिल्लो महामारीले निम्त्याएको वित्तीय संकटसँगै अमेरिकाको ऋण २५० खर्ब डलर पुगेको छ। नगदको कमी भएपछि अमेरिकी सरकारले कर तिर्ने अवधि १५ अप्रिलसम्मका लम्ब्याएको छ।
कोरोना प्रभावित नागरिकलाई लागि थप सहायता दिनेबारे चर्चा भइरहेपनि रिपब्लिकन सांसदहरुले अधिक खर्च र बढ्दो ऋणबारे चिन्ता जनाउन थालेका छन्। अमेरिकाले सरकारी वण्ड बेचेर ऋण लिने गर्छ। कोरोना भाइरस फैलनुअघि नै अमेरिकामाथि ऋणभार थपिँदै थियो। अमेरिकी कंग्रेसको बजेट कार्यालयले यो वर्ष ३७ खर्ब डलर बजेट घाटा हुने प्रक्षेपण गरेको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस