aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

क्वारेन्टाइनमा टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
क्वारेन्टाइनमा टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता

भारत । क्वारेन्टाइनमा टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना भाइरसको संक्रमणको कारण भारतको ‘रेड जोन’ मा परेको ओडिशाको भद्रक जिल्लाको तिहाडीको क्वारेन्टाइनमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। 

उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमको उल्लङ्घन गर्दै टिकटकको भिडियो बनाएका थिए । स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हुन् । 

उनीहरुले क्वारेन्टाइन सेन्टरभित्र बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै समाचारमा पनि यसको चर्चा भइरहेको छ । भिडियोमा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस