aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सात ग्राम ब्राउनसुगरसहित एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ जेठ २०७६
सात ग्राम ब्राउनसुगरसहित एक पक्राउ

लमही ।  दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो ।

नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबाट उनलाई पक्राउ गरेको हो । 
 
वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार लमही क्षेत्रमा ब्राउनसुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाई पक्राउ गर्न सफल भएको हो । 

प्रतिक्रिया दिनुहोस