aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

अब दिल्लीमा मदिरा किन्दा ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
अब दिल्लीमा मदिरा किन्दा ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नुपर्ने

भारत । भारतको दिल्ली सरकारले दिल्लीमा बेचिने मदिरामा विशेष कोरोना शुल्क लगाउने निर्णय गरेको छ । यो शुल्क अहिले त्यहाँ बेचिने मदिराहरुको मूल्यमा ७० प्रतिशत मूल्य जोडेर बनाइएको छ । 

दिल्ली सरकारले सोमबार यो फैसला गरेको हो । अब त्यहाँ ५ मेबाट बिक्री हुने सबै मदिरामा ७० प्रतिशत अतिरिक्त शुल्क तिर्नु पर्ने हुन्छ । दिल्ली सरकारले खस्कँदो अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि यस्तो निर्णय गरेको हो ।

यसअघि दिल्लीमा मदिरा किन्नका लागि अत्यन्त लामो लाइनहरु भएको र निकै धेरै मानिसहरु जम्मा भएका तस्वीरहरु बाहिर आएका थिए । त्यसलाई ख्याल गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका थिए, ‘यदि हामीलाई सामाजिक दूरी कायम गरिएको छैन भन्ने थाहा भयो भने हामीले त्यो क्षेत्र सिल गर्नु पर्ने हुन्छ र सरकारले दिएका छुटहरु सबै फिर्ता हुनेछन् । अन्य विकल्प बाँकी रहने छैन ।’

दिल्लीमा सोमबार मदिरा पसलहरु खुलेपछि भएको भीडलाई नियन्त्रणमा लिन कयौँ ठाउँमा प्रहरीले लाठीचार्जसमेत गरेको थियो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस