
अमेरिका । अमेरिकामा सोमवार कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १५ जनाको मृत्यु भएको छ । जुन गत एक महिनामा २४ घण्टामा भएको सबैभन्दा कम हो।
कोरोना भाइरसबाट अमेरिकामा यो समाचार तयार पार्दासम्म कुल ६८ हजार ९२० जनाको मृत्यु भइसकेको छ। अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ८० हजारभन्दा बढी पुगेको छ जुन स्पेनको भन्दा पाँच गुणा र चीनको भन्दा १४ गुणा बढी हो।
सङ्क्रमितमध्ये झण्डै दुई लाख मानिस निको भइसकेका छन्। अमेरिकाको एउटा आन्तरिक सरकारी दस्तावेजले त्यहाँ जुन १ तारिखसम्ममा सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या ह्वात्तै बढ्ने अनुमान गरिएको न्यूयोर्क टाइम्स दैनिकले लेखेको छ।
त्यो अनुमान अनुसार यो महिनाको अन्त्यसम्म अमेरिकामा दैनिक दुई लाख सङ्क्रमण र लगभग दैनिक ३,००० को मृत्यु हुनेछ।
प्रतिक्रिया दिनुहोस