
काठमाडौं । आज बस्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । लकडाउनबारे छलफल गर्न बस्ने बैठकमा प्रधानमन्त्री पनि सहभागी हुने भएका हुन् ।
लकडाउन लम्बिँदै गर्दा संकटपूर्ण अवस्था उत्पन्न भइरहेको अवस्थामा प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी भएर छलफल गर्ने भएका हुन्।
कोरोना रोकथामका लागि सरकारले गएको ११ गते लकडाउन घोषणा गरेको थियो र पछिल्लो पटक थपिएको लकडाउनको अवधि बैशाख २५ गते सकिँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै आएको बैठक आज भने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस