काठमाडौं । ताप्लेजुङमा ९ वर्षमा १ सय ६० घर जलेका नष्ट भएका छन् । यो अवधिमा आगोलागीबाट ९ जनाले ज्यानै गुमाएका छन् । २०७७ साल वैशाख १९ गते राति ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजारको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट ८ घर जलेर खरानी भएको छ ।
त्यसअघि २०७१ साल चैत तोक्मे बजारमा ४४ घर जलेको थियो भने रक्सी झान्दै गर्दा लागेको आगोबाट २०७० कार्तिकमा ५ घर जलेर सखाप भयो । २०६९ माघमा ताप्लेजुङकै शेर्पा टोलमा आगोलाग्दा ८ घर जलेर खरानी भयो । बिजुलीको तार सट हुँदा लागेको आगोबाट घर नष्ट भएका हुन् ।
त्यस्तै २०६० सालमा वीरेन्द्रचोकबाट लागेको आगोबाट ४५ घर जलेर नष्ट भएको थियो । रोटी पकाउँदै गर्दा लागेको आगोबाट पुरै गाउँ नै सखाप भएको थियो ।
ताप्लेजुङ जिल्लाका निर्वार्चित प्रतिनिधिसभा सदस्य एवम संस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराई गृह मन्त्रालय विपत राहत तथा उदार प्रमुख जिल्लाका जनप्रतिनिधीहरु सहित स्थलगत अनुगमन गरेका छन् । त्यहाँ पुगेर मन्त्री भट्टराईले सरकारको तर्फवाट प्रदान गरिने पुनस्र्थापना र अन्य राहत सहयोग समेत आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवदता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस