aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाको कारण दुबईमा एक नेपालीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
कोरोनाको कारण दुबईमा एक नेपालीको मृत्यु

काठमाडौं । दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको हो । 

स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उनलाई सँगै बस्ने छिमेकीले अस्पताल पुर्याएका थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै अस्तर मेडिकलले उनलाई निमोनियाको औषधि दिएको थियो । धेरै असजिलो भएपछि दुबईको रशिद अस्पताल पुर्याइएको सहकर्मीहरुको भनाइ छ ।

उनलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्यान गएको दूतावासले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस