aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
६० प्रतिशत नेपालीको हातहातमै इन्टरनेट पहुँच, द्रुत गतिको इन्टरनेट प्रयोगकताको बृद्धिदर भने सुस्त

६० प्रतिशत नेपालीको हातहातमै इन्टरनेट पहुँच, द्रुत गतिको इन्टरनेट प्रयोगकर्ताको बृद्धिदर भने सुस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ जेठ २०७६

काठमाडौं । मोबाइल सेवाको विस्तार र सेवा प्रदायकको पहुँच बढेसँगै ६० प्रतिशत नेपालीको मोबाइलसँगै हातहातमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केन्द्रीय तथ्यांक विभागको दुई करोड ९५ लाख १४ हजार जना नेपालीलाई आधार मानेर तयार पारेको तथ्यांक अनुसार मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता नेपालीको हिस्सा ६० प्रतिशत पुगेको छ ।

प्राधिकरणले बैशाखमा सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कुल इन्टेरनेट प्रयोगकर्तामध्ये ४६ प्रतिशत मोबाइलबाट, १.२३ प्रतिशत मात्रै ताररहित फिक्स्ड ब्रोडब्यान्डबाट र १२.१ प्रतिशतले भने तारसहिको फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेको उल्लेख छ ।

प्राधिकरणको तथ्याक अनुसार इन्टरनेट चलाउने नेपाल टेलिकमका ग्राहक संख्या ८३ लाख ३५ हजार ९६० जना छन् । एनसेलबाट इन्टेरनेट चलाउने यस्तो ग्राहकको संख्या भने ६३ लाख १२ हजार १६३ जना रहको तथ्यांकमा उल्लेख छ ।

इन्टरनेट सेवा प्रदान गर्नेमा नेपाल स्मार्ट टेलिकमको एक लाख ३९ हजार २४२ मात्रै रहेको छ भने बाँकी २७ लाख ८२ हजार ५९ जना ग्राहकले भने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको इन्टरनेट सेवा उपयोग गर्ने गरेका छन् । इन्टरेनट सेवा प्रदायक संस्था वा मोबाइल सेवाबाट नेपालमा डाटाको पहुँचमा १ करोड ७५ लाख ६९ हजार ४२४ जना पुगेका छन् । 

इन्टरनेट सेवा प्रदायकको संख्या बढेको भएपनि द्रुत गतिको इन्टरनेटको सेवाको वृद्धिदर भने निकै कम छ । १ करोड ७५ लाखको इन्टरनेट पहुँचमध्ये पछिल्लो समय चौथो पुस्ताको मोवाइल इन्टरनेट फोरजी चलाउनेको संख्या जम्मा २७ लाख ९१ हजार ८१९ जना मात्रै रहेका छन् । बाँकी एक करोड सात लाख ३३ हजार ६६५ जना ग्राहकले भने थ्रीजी नै उपयोग गरिरहेका छन् । 

फोरजी सेवा लिँदा द्रुत गतिको इन्टरनेट चल्ने र यसको उपयोग गर्न स्मार्ट फोन अनिवार्य छ । कम्तिमा १० हजार रुपैयाँका मोवाइल सेटमा फोरजी चल्ने र यसको उपभोग गर्न स्मार्ट फोन प्रयोगकर्ताले आफ्नो सीमकार्ड पनि अपडेड गरानुपर्छ । 

पछिल्लो समय फोरजी सेवा दिनेमा नेपाल टेलिक, एनसल र स्मार्ट टेलिकम रहेका छन् । यसमध्ये टेलिकमका फोरजी प्रयोगकर्ता ७ लाख २७ हजार मात्रै छन् । यसका थ्रीजी मोबाइल डाटा प्रयोगकर्ता भने ६३ लाख ४६ हजार रहेको छ ।

फोरजी सेवामा अग्रणी बनेको एनसेलको प्रयोगकर्ता भने १९ लाख २५ हजार पुगेको छ । यसका कुल थ्रीजी प्रयोगकर्ता ४३ लाख ८६ हजार रहेका छन् ।

यस्तै स्मार्ट टेलिकमका पनि १ लाख ३९ हजार प्रयोगकर्ताले फोरजी चलाउने गरेका छन् । यसको थ्रीजी प्रयोगकर्ता भने छैनन् । यो टेलिकम कम्पनीले टुजीबाट एकैपटक द्रुत गतिको मोबाइल इन्टरनेट सेवा सुरू गरेको हो । 

यस्तो छ नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको इन्टरनेट सेवाको तथ्यांक


 

प्रतिक्रिया दिनुहोस