aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

यहीबेला यस्तो पर्यो बित्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
यहीबेला यस्तो पर्यो  बित्यास

दाङ । चट्याङ लाग्दा दाङमा एक घरमा आगलागी हुदाँ लाखौंको क्षति भएको छ। मंगलबार बिहान परेको चट्याङले घोराही उपमहानगरपालिका–११ पलासपुरका ३८ वर्षीय द्रोर्ण घर्तीको घरमा आगलागी भएको हो।

चट्याङ पर्दा लागेको आगोले घरमा भएको अन्तपात, लत्ताकपडा सबै जलेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।  घरमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिइएको छ।

आगलागीबाट ४ लाखको क्षति भएको छ।  त्यसैगरी दाङको तुलसीपुरमा मंगलबार बिहान परेको पानी र हावाहुरीका कारण एक घर भत्किएको छ। तुलसीपुर–८ अश्वाराका मोहन विकको घर भत्किएको हो। विहान ११ बजे परेको पानीले टिनले छाएको कच्चि घर भत्किदाँ घर भित्रका लत्ताकपडा,अन्नपात, भाडाँकुडा लगायतका सामग्री पुरिएका छ।

प्रतिक्रिया दिनुहोस