aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतको छ यस्तो हाल, ह्वात्तै संक्रमित बढ्नुको यो रहेछ कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
भारतको छ यस्तो हाल, ह्वात्तै संक्रमित बढ्नुको यो रहेछ कारण

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । मंगलबार २ हजार ९६६ जना संक्रमित थपिएका छन् । यो संख्यासंगै भारतमा संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ । 

मृतकको संख्या १ हजार ६९५ पुगेका छन् । सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ६१७ पुगेको छ । गुजरातमा ३६८ जनाको ज्यान गएको छ । त्यस्तै मध्यप्रदेशमा १७६ तथा पश्चिम बंगालमा १४० जनाको ज्यान गएको छ । 

राजस्थानमा ८९, दिल्लीमा ६४ तथा उत्तर प्रदेशमा ५६ जनाको ज्यान गएको छ । मृतकको गति निकै तेज गतिमा बढेको छ । 

पछिल्लो ६ दिनमा ६१५ जनाको ज्यान गएको छ । संक्रमितको गति निकै तीव्र गतिमा बढिरहेको छ । मंगलबार महाराष्ट्रमा ९८४, तमिलनाडुमा ५०८, गुजरातमा ४४१, पंजाबमा २१९, दिल्लीमा २०६, उत्तर प्रदेशमा ११४ र मध्यप्रदेशमा ११४ जना संक्रमित थपिएको कोभिड-१९ इन्डिया डट ओआरजीले जनाएको छ । 

भारतमा लकडाउन खुकुलो पारिएपछि संक्रमितको संख्या बढ्दै गएको समेत बताउन थालिएको छ । भारतमा १७ मेसम्म लकडाउन बढाइए पनि विभिन्न क्षेत्रमा फरक फरक नियम बनाइ खुकुलो पारिएकाले संक्रमित बढेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस