aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना भाइरस मार्न नयाँ तरिका अपनाउँदै अमेरिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
कोरोना भाइरस मार्न नयाँ तरिका अपनाउँदै अमेरिका

काठमाडौं । कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले भाइरस मार्न परावैजनी बत्ती जडान गर्न थालेको छ ।

परावैजनी बत्ती आगामी मे ११ देखि न्यूयोर्कका ट्रेनमा प्रयोगमा आउने छ । एमटीएका अधिकारीहरुले ट्रेनहरु संक्रमणविहिन बनाउन शक्तिशाली बत्तिहरु प्रयोग गरिने थालिएको जानकारी दिएका छन् ।

ट्रेनबाट सुरु गरिएको पराबैजनी बत्तीको जडान यातायातका अन्य माध्यममा पनि विस्तार गरिने बताइएको छ ।

अमेरिकामा अहिलेसम्म ब्लीच र रसायन छर्केर संक्रमणबिहिन बनाउने गरिएकोमा अब नयाँ प्रविधि अपनाउन लागिएको हो ।

यातायात प्रणालीमा अन्य रोगहरु मार्न परावैजनी प्रकाशको प्रयोग परीक्षण गरिसकेका कोलम्बिया युनिभर्सिटीका बैज्ञानिकहरुसँग यसका लागि सहकार्य गरिएको एमटीएले जनाएको छ ।

बत्तिहरु रेलका डिब्बाहरुमा राखिनेछ । त्यस्तै एमटीएका रेलयार्ड र बस डिपोहरुमा पनि राखिने छ ।

परावैजनी किरण मानिसमा सिधै परेमा असर गर्नसक्ने भएकाले मानिसलाई असर नगर्ने गरी रेलका डब्बाहरुमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस