aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

चितुवा भगाउने भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
चितुवा भगाउने भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे

काठमाडौं । बुधबार विहानै चन्द्रगिरि नगरपालिका वडा नं ६ आएको चितुवा भगाउन खोज्ने भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मे परेको छ । चन्द्रागिरि नगरपालिका नजिकको जंगलबाट आएको चितुवा भगाउन विहानैदेखि स्थानीयको ठूलो भिड जम्मा भएपछि प्रहरीले बाम्बार माइकिंग गरेको थियो । तर, माइकिंग गर्दा पनि उक्त भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको चन्द्रागिरि नगरपालिका वडा नं ६ का स्थानीय बासीले बताएका छन् । 

लकडाउनको बेलामा पनि चितुवा हेर्नेको भिड चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुको ठूलो भिड घर बाहिर निस्केको स्थानीय बासीले बताएका छन् । उक्त चितुवा भगाउने क्रममा तिन जना घाइते समेत भएका छन् । चन्द्रागिरि नगरपालिका वडा नं ६ का एक महिला र दुई जना पुरुष चितुवाको अक्रमणबाट घाइते भएका छन् ।

चितुवा भने सोहि वडोको दाउरा ढिपो जानेबाटोको झाडीमा लुकेर बसेको स्थानीयले बताएका छन् । अहिले वन कार्यालय बन्द भएकाले प्रहरीले मात्र चितुवा नियन्त्रणमा लिन सकिरहेको छैन।  

प्रतिक्रिया दिनुहोस