
एजेन्सी । संयुक्त अरबको शारजाह शहर स्थिति ४९ तले अब्बाको टावरमा मंलबार आगलागी हुँदा १२ जना घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार घटना अल नहदा क्षेत्रमा भएको हो । उक्त भवनको १० औं तलाबाट शुरु भएको आगलागीका कारण सम्पूर्ण भवन जलेर नष्ट भएको छ ।
स्थानीय मिडिया रिपोर्टका अनुसार मंगलबार बेलुका यो भवनमा आगो लाग्यो। आगोको ज्वालामा आकाश चारैदेखि देखिन्थ्यो र सम्पूर्ण क्षेत्र रातो देखियो । भवनमा फसेका सबै व्यक्तिलाई नागरिक सुरक्षा टोलीले बाहिर निकालेका छन । तर, आगलागी नियन्त्रण गर्न हाइड्रोलिक फायर मेशिनहरू जडान गरिएको थिए । उक्त भवनमा ४९ तलामध्ये ३८ लतामा मानिसहरु बस्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस