aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बालक मृत फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
बालक मृत फेला

सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका छन् ।
 
स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन् । 

सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मङ्गलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस