
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुुटावारमा दिउँसो ३ बजे बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने बताइएको छ।
सोमबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलबाट प्रस्ताव तयार पार्ने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पाएका थिए
प्रतिक्रिया दिनुहोस