
मोरङ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार विहान डिस्चार्ज उनिहरूलाई फूलका गुच्छा दिएर विदाई विदाइ गरेका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये कोरोनामुक्त भई डिस्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद राशिद रहेका छन् ।
अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालले जनाएको छ ।
उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना भाइरस देखिएपछि उनिहरूलाई ५ वैशाखमा कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस