
काठमाडौं । दूरी कायम गरेर शुक्रबारदेखि सांसद बैठक चलाइने भएको छ । शुक्रबारदेखि शुरु गरिने संसदको बजेट अधिवेशनका बैठकमा दुई सांसदका बीचमा दुई कुर्सी खाली राखिने भएको छ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन बैठकमा जाँदा सबै सांसदहरूलाई मास्क अनिवार्य गरिने भएको छ।
संसदको अधिवेशनलगत्तै संसदमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश हुँदैछ। त्यतिबेला प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सञ्चालन हुन्छन्।
संसद सचिवालयले सांसद, कर्मचारी र सुरक्षाकर्मीको पिसिआरबाट कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने भएको छ। सांसदहरूले सभामुख अग्नि सापकोटालाई भेटेरै पिसिआर परीक्षणको माग गरेका थिए।
संसदको अधिवेशन २६ गते ४ बजेका लागि डाकिएको छ।
प्रतिक्रिया दिनुहोस