
काठमाडौं । लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पाचाैं पटक लकडाउन अवधि थप गर्दै आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि चार पटक थप गर्दै भोलि बिहीबार सकिँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको बैठकले लकडाउनकाे अवधि थप्ने निर्णय गरेको हो । यसअघि जारी गरिएको लकडाउन भोलि बिहीबार सकिँदै थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लकडाउन थप्ने निर्णय भएको जानकारी दिइन् ।
लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न नसकिरहेका बेला कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले मंगलबार लकडाउन थप ७ देखि १० दिनका लागि थप्ने निर्णय गरेको थियाे । यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्ने जनाएकाे थियाे । त्यसै अनुरूप बुधबार थप गरेकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउन ७ देखि १० दिनसम्म थप्ने निर्णय गरे पनि ठ्याक्कै यति दिन भन्नेबारे जिम्मा भने मन्त्रिपरिषद्लाई दिएको हो ।
लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगिसकेको छ । हालसम्म १३ हजार ८५० जनामा PCR परिक्षण गरिसकेकाे छ भने ५२ हजार २२७ जनामा RDT परिक्षण गरिसकेकाे छ । उक्त १३ हजार ७६८ जनामा (PCR) परक्षण पश्चात काेराेना नेगेटिभ पहिचान भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । तीमध्ये २२ जना निकाे भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।
सरकारले आगामी बुधवार (वैशाख ३१) सम्म अन्तर्राष्ट्रिय सीमा बन्द राख्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान आगामी जेठ २ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो । छिमेकी देश भारतले लकडाउनको अवधि बढाएर जेठ ४ गतेसम्म पुर्याएको छ ।
मन्त्री अर्यालका अनुसार बिहीवार साँझ देशभरि दीप प्रज्वलन गर्ने निर्णय गरिएको जानकारी दिइन् । बिहीवार बुद्ध जयन्ती पनि हो । अहिलेसम्म नेपालका सातमध्ये छवटा प्रदेशमा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस