
काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका(३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका–६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती गाउँपालिका–३ बस्ने २४ वर्षीय देबेन्द्र बिक रहेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले रा.३ प ८७५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक चौधरी र मोटरसाइकलमा सवार देबेन्द्रलाई पक्राउ गरेको हो ।
धनुषा, शहिदनगर नगरपालिका–७ भैरवचोकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको एक्जीप्लोन २ बोतल, नाईट्राभेट १५ ट्यावलेट र स्पस्मो प्रोक्जिवन ६ ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने २३ वर्षीय रोशन कुमार यादव सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मैनाथपुरबाट भैरवचोकतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ प ६४९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादव सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस