aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

७ वर्षीया बालिकालाई  जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
७ वर्षीया बालिकालाई  जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

काठमाडौं । झापा– ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा हल्दीवारी गाउँपालिका–५ कन्चनश्री बस्ने ५२ वर्षीय रन बहादुर नेम्बाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिका नेम्बाङको घरमा खेल्न गएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने जानकारी पाउना साथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पाल्पा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बगनासकाली२ गोफेक बस्ने ३० वर्षीय भविन कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिका आफ्नै घर जान भनी हिँडिरहेको अवस्थामा पैसा दिन्छु भन्दै ललाई फकाई गरी स्थानीय जंगलमा जबरजस्ती करणी गर्ने प्रयास गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस