aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ ।

कोरोना महामारीका कारण सरकारले २०७६ चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी राखेको छ भने त्यसयता लगातार हवाई सेवा पनि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस