aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

उत्तर प्रदेशले लकडानकै बेला मदिरा र पेट्रोलियम पदार्थको मुल्य बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
उत्तर प्रदेशले लकडानकै बेला मदिरा र पेट्रोलियम पदार्थको मुल्य बढायो

एजेन्सी । उत्तर प्रदेश सरकारले पेट्रोल र मदिराको मुल्य वृद्धि गरेको छ । मदिरा र पेट्रोलिम पदार्थको मुल्य बढाउने प्रस्ताव उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको मन्त्रीपरिषदले बुधवार पास गर्दै नयाँ मूल्य तुरुन्त लागू निर्देशन दिएका हो ।  

कोरोनाको कारण राजस्वमा आएको कमीका कारण मुल्य वृद्धि गरिएको जनाइएको छ । कोरोनाको कारण पेट्रोलको मूल्यहरुमा २ रुपैयाँ भारु र डिजलको मूल्यहरुमा एक रुपैयाँ भारु वृद्धि गरिएको छ  । 
 
त्यस्तै, स्वदेशी मदिरामा ५ रुपैयाँ भारु र विदेशी मदिरामा १८० एमएलमा १० रुपैयाँ, १८० देखि ५०० एमएलमा २० रुपैयाँ र ५०० देखिभन्दा माथिका मदिरामा ३० रुपैयाँ भारु   वृद्धि गरेको छ । 

प्रतिक्रिया दिनुहोस