aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना प्रभावबारे अध्ययन गर्न कांग्रेसले बनायो अर्थ विशेष समिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
कोरोना प्रभावबारे अध्ययन गर्न कांग्रेसले बनायो अर्थ विशेष समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको प्रभावबारे अध्ययन र विश्लेषण गर्न अर्थ विशेष समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बुधबार अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेका हुन्। 

समिति सदस्यमा पूर्वअर्थमन्त्री, अर्थ राज्यमन्त्री, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका, राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्वगरेका नेतालाई जिम्मेवारी दिइएको छ। अर्थ समितिमा संयोजकसहित १४ सदस्य रहेका छन्। 

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ। 

विशेष समितिको संयोजकको जिम्मेवारी डा. रामशरण महतलाई दिएको छ। त्यस्तै समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले रहेका छन् । 

प्रतिक्रिया दिनुहोस