aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं । थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पर्साका १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । 

देवकोटाका अनुसार संक्रमित मध्ये १० जना पुरुष रहेका छन् भने ७ जना महिला रहेका छन् । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । 

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । 

त्यस्तै निको भएर फर्किएका २२ जना मध्ये ३ जनालाई पुनः कोरोना पोजेटिभ देखिएको छ । पुनः कोरोना पोजेटिभ देखिनेमा काठमाडौंका एक जना र विरगञ्जका २ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस