काठमाडौं । नेपालमा पहिलो पटक २ महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज थपिएका १७ जना संक्रमित मध्ये दुई महिने शिशु समेत रहेको जानकारी दिएका हुन् ।
नेपालमा शिशुमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । यस अघि नेपालगञ्जका ७ बर्षीया बालक र ९ बर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।
प्रतिक्रिया दिनुहोस