
काठमाडौं । सरकारले एकतिर खर्च नभएर आन्तरिक ऋण उठाइ रहेको छ भने अर्कोतर्फ खर्च जुटाउन विकास साझेदारसँग हुवार गुहार गरिरहेको छ । खर्चको अभावका कारण पक पकी मुख पाउनु पर्ने अवस्था सिर्जना हुँदै गर्दा एक सरकारी कार्यालयले डेढ करोडको गाडी खरिद गर्न लागेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार मूल्य बराबरको चार पाङग्रे सवारी साधन खरिद गर्न लागेको हो । कार्यालयले २०७६ फागुन ८ गते चार पाङग्रे सवारी साधान खरिदको लागि बोलपत्र आव्हान गरेको थियो । ई– बिडमार्फत दर्ता भएका बोलपत्रहरूमध्ये सिप्रद्धी ट्रेडिङको बोलपत्र स्वीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस