aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आज साँझ ७ बजे द्वीप प्रज्वलन गर्न प्रधानमन्त्रीको अपिल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
आज साँझ ७ बजे द्वीप प्रज्वलन गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे द्वीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् । आज साँझ ७ वजे आ-आफ्ना संथसस्था तथा घरघरमा दिप प्रज्वलन गर्न प्रधानमन्त्रीले अपिल गरेका हुन् । 

गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि अपिल गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस