aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या साढे ७४ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या साढे ७४ हजार नाघ्यो

अमेरिका । अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ, यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ ।

साथै, यहाँ एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर छ  ।

संक्रमितमध्ये २ लाख १२ हजार ९ सय ६५ उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस