aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

आज संघीय सांंसद र कर्मचारीको कोरोना परीक्षण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
आज संघीय सांंसद र कर्मचारीको कोरोना परीक्षण गरिने

काठमाडौं । आज सबै सांसद र कर्मचारीको कोरोनाको पिसिआर परिक्षण गरिने भएको छ । भोलिबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालनको लागि सबै सांसद र कर्मचारीको कोरोना परिक्षण गरिने भएको हो । 

आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो।  बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ।

सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।
 

प्रतिक्रिया दिनुहोस