
भारत । भारतको आन्द्र प्रदेशको विशाखापटनममा रहेको एक केमिकल प्लान्टमा ग्यास चुवाहट भएको छ । सो घटनामा परि तीन जनाको मृत्यु भइसकेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
सयौंको संख्यामा मानिसहरु ग्याँसको चपेटामा परेकोले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । अहिले त्यहाँ त्रासको वातावरण छ । त्यो क्षेत्रका ५ वटा गाउँलाई प्रहरीले खाली गराएको छ ।
अहिले त्यो क्षेत्रका मानिसहरुले आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या भएको बताएका छन् । खासगरी बच्चा र बृद्दमा यस्तो समस्या धेरै देखिएको छ ।
घटना भएको फ्याक्ट्री एलजी पोलिमर्स इन्डिया प्राइभेट लिमिटेडको हो ।सन् १९६१ मा स्थापित यो प्लान्ट हिन्दुस्तान पोलिमर्सको थियो जसलाई सन् १९९७ मा दक्षिण कोरियाई कंपनी एलजी किनेको बीबीसीले जनाएको छ ।
अहिलेसम्म यो घटनाबाट २०० भन्दा बढी बिमारी भएका छन् । स्टाइरीन नामको ग्यास लिक भएको जनाइएको छ । लकडाउन पछी जव त्यो प्लान्ट फेरी सुचारु गरियो तब यो घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस