aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

वैदेशिक रोजगारीबाट फर्कनेलाई व्यवस्थापन गर्न सरकारलाई हम्मे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
वैदेशिक रोजगारीबाट फर्कनेलाई व्यवस्थापन गर्न सरकारलाई हम्मे

काठमाडौं । कोभिड –१९ का कारण वैदेशिक रोजगारीमा गएका जनशक्ति स्वदेश फर्कन चाहेपछि सरकारलाई त्यसको व्यवस्थापन गर्न हम्मे पर्ने देखिएको छ । विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लैजान ताकेता गर्न थालेपछि सरकारलाई ती कामदारलाई स्वदेश फर्काउने देखि क्वारेन्टाइनमा राख्न तथा रोजगारी व्यवस्थापन गर्न हम्मे भएको हो ।

सरकारले हिदय खोलेर वेलफेयर कार्यक्रम गर्न सक्यो भने अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा गएका ४० लाख जनशक्तिमध्य न्यूनतम तीन लाख जनशक्ति तत्काल फर्कन अनुमान गरिएको छ । स्वदेश फर्कन चाहेका ती तीन लाख मानिसलाई कसरी व्यवस्था गर्ने घनचक्करमा सरकार परेको छ ।

आन्तरिक रोजगारीमा प्रवद्र्धन गरौं भने तीन लाख मानिस फर्किने देखिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । कति आफै आउन चाहने छन्, कतिलाई सम्बन्धित कम्पनीले १०० टिकट बुकिङ गरेर फर्कादिने भएको छ भने कतिलाई सम्बन्धित देशले फाइट गरेर स्वदेश फर्काउने रणनीति लिएको छ । कतिलाई ने केही नभएर सरकारले खर्च गरेर ल्याउनु पर्ने अवस्था छ ।

उनीहरूलाई फर्काउन त फर्काउने तर फर्काइ सकेपछि कहाँ र कसरी राख्ने यो सानो नै सरकारको मुख्य चुनौतीको विषय भएको उनले बताए । ‘तीन लाख मानिसलाई फर्काउन कम्तीमा एक हजार त फ्लाइट नै गर्नुपर्छ,’ उनले भने ‘ दैनिक एक सयका दरले फ्लाइट गर्दा नौ हजार मानिस फर्कन्छन् । उनीहरू  तत्काल घर पठाउन सक्ने अवस्था हुँदैन ।’

उनीहरूलाई राख्ने कहाँ, उनले प्रतिप्रश्न गरे ‘तीन लाख मानिसलाई क्यारेन्टाइनमा राख्न सक्ने क्षमतामा हामी छौं त ? अहिले संघ प्रदेश र स्थानीय तह गरी ३७ हजार क्यारेन्टाइन छ । मानौ दिनमा नौ हजार मानिस ल्याइयो भने तिनीहरूको व्यवस्थापन नगरेसम्म भोलिपल्ट फाइट गर्नु भएन ।’

वैदेशिक रोजगारीमा गएकालाई फर्काउन आन्तरिक तथा बाह्य दबाब परे पनि व्यवस्थापन मिलाउन नसक्दा सरकार तत्काल कामदार ल्याउने मनस्थितिमा भने देखिदैन । यद्यपि क्वारेन्टाइनको व्यवस्था गरेर दैनिक तीन हजारका दरले अलपत्र कामदार ल्याउने सरकारले गृहकार्य थालेको छ ।

कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा रहेका दुई लाख १८ हजार श्रमिक रोजगारी गुमाएर अलपत्र परेका छन् । यी श्रमिकमध्य एक लाख १२ हजार श्रमिक तत्काल फिर्ता गर्नुपर्ने अवस्था आएको छ । कतारबाट ५० हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (यूएई) बाट १२ हजार, कुवेतबाट नौ हजार, मलेसियाबाट सात हजार, बहराइनबाट तीन हजार र ओमानबाट पाँच सय कामदार तत्काल फिर्ता गर्नु पर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका र श्रम बजारमा आउने सबैलाई व्यवस्थापन गर्नका लागि सरकारले योजना आयोगका सदस्यको संयोजत्वमा कार्यदल बनाएर अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रको उडान खुल्नासाथ प्राथमिकताका आधारमा उक्त कामदारहरूलाई फर्काउने तयारी सरकारले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस