एजेन्सी । कोरोना भाइरस माथि अनुसन्धान गरिरहेका एक चिनियाँ मूलका वैज्ञानिकको अमेरिकामा हत्या भएको छ । यो हत्या सँगै कोरोनाबारे संसारभर फैलिएको ‘अपराधको कथामा’ थप मलजल पुगेको छ ।
ती ३७ वर्षीय अनुसन्धानकर्ताको नाम विहग ली को । उनी शनिवार आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । उनी युनिभर्सिटी अफ पिटर वर्गको स्कुल अफ मेडिसिनमा असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत थिए ।
उनिसगै काम गर्नेहरुले बताए अनुसार उनी कोभिड-१९ माथि एक महत्त्वपूर्ण अनुसन्धानमा सक्रिय थिए । उनी एक महत्त्वपूर्ण निचोडमा पुग्नै लागेको बेला उनको हत्या भएको बीबीसीले उल्लेख गरेको छ ।
स्थानीय प्रहरीले जनाए अनुसार सो घटनामा दुई जनाको ज्यान गएको छ । ती मध्ये एक जनाको हत्या भएको हो भने अर्काले आत्महत्या गरेका हुन् । विहग ली को टाउको, छाती, गर्दन र हात खुट्टामा गोली लागेको थियो । उनलाई मार्ने सन्दिग्ध एक ४६ वर्षीय सफ्टवेयर इन्जिनियर रहेको बुझिएको छ ।
अधिकारीहरूका अनुसार कारमा फर्कने क्रममा उनले आत्महत्या गरेका थिए । उनीहरू एक अर्कालाई चिन्थे ।चिनियाँ सामाजिक सञ्जालमा अहिले उनको हत्याबारे गर्मा गर्मी बहस छ ।
उनी कोरोना भाइरस अमेरिकाको ल्याबमा निर्माण भएको भन्ने प्रमाणको नजिक पुगेको चिनियाँहरूको अनुमान छ । यसअघि नै चीनले कोरोना भाइरस अमेरिकामा निर्माण गरिएको र अमेरिकी सेना मार्फत वुहान पुगेको आरोप लगाउँदै आएका थिए ।
सामाजिक सञ्जाल वीबोका एक यूज़र्सले लेखेका छन्, ‘यो कुनै सामान्य घटना होइन । र संयोग पनि होइन । धेरै रहस्य अझै गर्भमा नै लुकेर बसेका छन् ।’ कतिपयले उनी चिनियाँ नागरिक भएकाले पनि अमेरिकाले मारेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस