aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

शिकारीले थापेको एकनाले बन्दूकको पासोमा मान्छे परेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
शिकारीले थापेको एकनाले बन्दूकको पासोमा मान्छे परेपछि...

बाँके । बाँकेको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन् । 

कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारु गए राति चोर शिकारीले थापेको पासोमा परी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । 

उनका अनुसार गोठ बनाउनका लागि स्थानीय मितेरी सामुदायिक वनमा काठ काट्न चार जनासहित पुगेका थारु चोर शिकारीले थापेको एकनाले बन्दूकको पासोमा परेको हो । पासो थापेको बन्दुक पड्किँदा थारुको पुठ छेडिएको छ । घाइते थारुको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । 

सामुदायिक वनमा रहेका मृग मार्न  शिकारीले बन्दूकको पासो थापेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस