aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतीयद्वारा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
भारतीयद्वारा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण

बारा । नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १ राउण्ड हवाई फायर गर्नु परेको छ ।

‘कबहीगोठमा दिउँसोतिर केही भारतीय नागरिक खेत जोत्नका लागि भन्दै नेपालतिर प्रवेश गर्न खोजेका थिए । सुरक्षाकर्मीले रोकेपछि उनीहरु फर्किएका थिए,’ डीआईजी श्रेष्ठले भने, ‘पछि थप मानिसहरु बोलाएर सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थाले । स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नु परेको हो ।’

भीडमा आएका भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको पोस्टमा ढुङ्गामुडा गरेका थिए । भारतीय नागरिकको ढुङ्गामुडाका कारण सशस्त्र प्रहरीको चेकपोस्टमा क्षति पुगेको छ ।

डीआईजी श्रेष्ठका अनुसार भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु बढेपछि अहिले दुवै देशका अधिकारीहरुबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस