aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

यस्तो छ तीन दिनको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
यस्तो छ तीन दिनको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी  भू-भाग आंशिक बदली र बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

शुक्रबार
देशको पूर्वी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशका पूर्वी भू(भागका थोरै स्थानहरूमा  साथै मध्य र पश्चिमका एक/दुई  स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राती भने देशको पूर्वी भु-भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा  सामान्यतया सफा रहनेछ । पुर्वी भू-भागका एक दुइ  स्थानमा  मेघगर्जन-चट्याङ्ग-असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

शनिबार
देशका पहाडी भू-भागमा सामान्य  बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशका पहाडी भू(भागका केहि  स्थानहरुमा र तराइका एक दुइ स्थानमा  मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका मध्य र पुर्वका भू-भागमा सामान्य  बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई  स्थानमा  मेघगर्जन-चट्याङ्ग-असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार
दिउँसो देशभर सामान्य  बदली रहनेछ। पश्चिमि भू-भागका केहि  स्थानहरुमा अनि  मध्य र पुर्वका थोरै स्थानहरुमा  मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ्ग- असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशको पुर्वी  भू-भागका थोरै र पश्चिमका एक(दुई  स्थानमा  मेघगर्जनरचट्याङ्गरअसिनासहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस