aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, यस्तो छ पछिल्लो अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, यस्तो छ पछिल्लो अवस्था

भारत । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ३६४ मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५६ हजार नाघेको छ। संक्रमितमध्ये १६ हजार ७ सय ७७ जना निको एर घर फर्किएक छन् । वल्डो मिटर डट इन्फोको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट १८ सय ८९ जनाको मृत्यु भएको छ।

हिजो मात्रै भारतमा ३ हजार ३ सय ६४ जना संक्रमित हुँदा १०४ जनाको मृत्यु भएको छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र छ। त्यहाँ झन्डै १७ हजार संक्रमित छन् भने ६५१ जनाको मृत्यु भएको छ। गुजरातमा ६ हजार ६२५ संक्रमित भएकोमा ३९६ को मृत्यु भएको छ।

राजधानी दिल्लीमा ५५ सय ३२ संक्रमित हुँदा ६५ जनाको मृत्यु भएको छ। तमिलनाडुमा ४८ सय २९ संक्रमित भएकोमा ३५ जनाको मृत्यु भएको छ भने राजस्थानमा ९२ जनाको मृत्यु भएको छ। त्यहाँ ३३ सय १७ जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस