aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जीएसकेद्वारा हर्लिक्सको शेयर बेचेर औषधि कम्पनीमा लगानी गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
जीएसकेद्वारा हर्लिक्सको शेयर बेचेर औषधि कम्पनीमा लगानी गर्दै

एजेन्सी । बेलायती कम्पनी ग्लैक्सोस्मिथक्लाइन (जीएसके) ले हिन्दुस्तान युनिलिभरमा ५.७ प्रतिशत शेयर करिब ३.३५ अर्ब डलरमा बेचेको छ । उक्त शेयर शेयर बजारमा ब्लक डील मार्फत यो शेयर खरिद गरिएपनि खरिदकर्ता कोहो भन्ने सार्वजनिक गरिएको छैन । 

जीएसकीको हर्लिक्स ब्रान्ड धेरै लोकप्रिय छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ग्लैक्सोस्मिथलाइनले बिहीबार यसबाट आएको रकम कम्पनीले औषधि बनाउन लगानी गर्ने बताएको छ । सन् २०१८ मा, जीएसकेलाई माल्टेड ड्रिंक र अन्य पोषण ब्रान्ड युनिलिभर बेच्नबाट पाएको शेयरले हिन्दुस्तान युनिलिभरमा ७.७ प्रतिशत हिस्सा पाएको थियो । 

ग्लैक्सोस्मिथक्लाइनले जारी गरेको विज्ञप्तिमा उसले १३.३७ करोड शेयर औषद प्रति शेयर १९०५ भारुमा बेचेको छ । भारतमा हालसम्म गरिएको सबैभन्दा ठूलो ब्लक डिल भएको बताइएको छ । यसभन्दा पहिला दाइची सैक्यौं र सन फार्माको बीचमा सन २०१५मा दाईचीले करिब ३.१८ अर्ब डलरमा सनफर्मामा रहेको आफ्नो शेयर बेचेको थियो । 

जीएसकेले आफ्ना सहायक कम्पनीहरू ग्लैक्सोस्मिथक्लाइन प्राइट लिमिटेड र हार्लिक्स लिमिटेड मार्फत एचयुएलमा १.३३ करोड साधारण शेयर औषद मुल्य १९०५ रुपैयाँ भारुमा बेच्न सहमत भयो त्यस बापत २५४.८ अर्ब रुपैयाँ भारु पाएको छ । 

बेलायतमा मुख्य कार्यालय रहेको ग्लैक्सोस्मिथलाइन पीएलसी (जीएसके) एक बहुराष्ट्रिय फार्मास्यूटिकल कम्पनी हो । जुन २००० मा ग्लेक्सो वेलकम र स्मिथक्लाइन बिचको मर्जरले स्थापना गरेको थियो । फोर्ब्सका अनुसार २०२० मा जीएसके विश्वको छैठौं ठूलो औषधि कम्पनी थियो ।

जीएसकेका प्रमुख कम्पनी फाइजर, नोवार्टिस, रोचे, सनोफी र मर्क एन्ड कम्पनी समावेश छन । यो लन्डन स्टक एक्सचेन्जमा सूचीकृत समेत छ । ग्लैक्सोस्मिथक्लाइन कन्जुमर हेल्थ सेवा १ अप्रिल २०२० मा एचयुएलसँग मर्ज भएको थियो । 

प्रतिक्रिया दिनुहोस