aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

भारतमा सुतिरहेका मजदुरमाथि रेल कुद्धा १६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
भारतमा सुतिरहेका मजदुरमाथि रेल कुद्धा १६ जनाको मृत्यु

एजेन्सी । भरतको महाराष्ट्रप्रान्त अन्तर्गत पर्ने औरंगाबाद भन्ने ठाउँमा रेलले किचेर मजदुरहरुको मृत्यु भएको छ। सो घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । समाचारमा जनाइए अनुसार ५ जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् । भारतका रेलमन्त्री पियुष गोयलका अनुसार, आफ्नो घर हिँडेका मजदुरहरु राति रेलको लिगमा सुतिरहेका थिए ।

घटना बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ । औरंगाबादका एसपी मोक्षदा पाटिलका अनुसार, सबै मजदुरहरु औरंगाबाद नजिकै रहेको जालनाको उक स्टिल कारखानामा काम गर्थे ।

उनीहरू भुसावल भन्ने स्थानतर्फ गइरहेका थिए । उनीहरु औरंगाबादमा आफ्नो गन्तब्य सम्म पुग्ने रेल पाइन्छ भनेर त्यता तर्फ गइरहेका  थिए ।

हिंडाइको थकानका कारण राति उनीहरु  रेलको लिगमा नै सुतेका थिए । तर, निन्द्रामा नै रहेको बेला रेल आउँदा उनीहरुले भाग्ने मौका पाएनन् ।यसरी कालको मुखमा परे ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । त्यसैले विभिन्न राज्यमा गएर काम गर्ने मजदुरहरु लामो बाटो हिँडेरै घर फर्किने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस