aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

जहाँ भिडियो कन्फ्रेन्सिङ एप ‘जुम’बाटै सुनाइयो फाँसीको सजाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
जहाँ भिडियो कन्फ्रेन्सिङ एप ‘जुम’बाटै सुनाइयो फाँसीको सजाय

नाइजेरिया । नाइजेरियामा एक व्यक्तिलाई न्यायाधीशले लोकप्रिय भिडियो कन्फ्रेन्सिङ एप जुमको माध्यमबाट मृत्युदण्ड सुनाएका छन्। गत सोमबार भएको भर्चुअल सुनुवाइमा न्यायाधीशले ओलालेकन हमिद नामक व्यक्तिलाई हत्यामा दोषी घोषित गर्दै फाँसी दिने फैसला सुनाएका हुन्।

ती व्यक्तिले सन् २०१८ मा आफ्नी आमालाई रोजगारी दिने व्यक्तिको हत्या गरेका थिए। न्यायाधीश नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसस्थित एक अदालतमा थिए भने हमिद एक जेलमा। हमिदले आरोप अस्वीकार गर्दै आएका छन्।

मानवअधिकारवादी संस्थाहरुले सो फैसलाको भर्त्सना गरेका छन्। उनीहरुले हतारमा फाँसीको सजाय सुनाइएको अरोप लगाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस