aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । संघीय संसदका सांसद र कर्मचारी सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । संघीय संसदका सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । 

बिहीबार संसद भवन नयाँ बानेश्‍वरमा गरिएको परीक्षण रिपोर्ट शुक्रबार आएको हो। परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएकव संसद सचिवालयले जनाएको छ। बिहीबार संघीय सांसद र अन्यसहित ४४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। 

बिहीबार १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य, २२९ जना कर्मचारी र मर्यादापालकसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

आज थप ६३ जनाको परिक्षण गरिएको छ । संघीय संसद्को छैटौं अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्दैछ। 

प्रतिक्रिया दिनुहोस