aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शुक्रबार सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न  परिस्थितिमा विश्व स्वास्थ्य संघठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए।

शुक्रबार अपराह्न ४ बजेदेखि शुरु हुन लागेको संघीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरुबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस