aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

चिनियाँ नागरिकको सिंहदरबार गेटमा धर्ना, झडपमा प्रहरी सहित तीन जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
चिनियाँ नागरिकको सिंहदरबार गेटमा धर्ना, झडपमा प्रहरी सहित तीन जना घाइते

काठमाडौं । सिंहदरबारको मुख्य गेटमा चिनियाँ नागरिक र नेपाल प्रहरीबीच झडप भएको छ । उक्त झडपमा तीन जना प्रहरी घाइते भएका छन् । शुक्रबार सिंहदार गेटमा आफ्नो देश जानका लागि पाउभन्दै प्लेकार्ड बोकेर धर्नामा बसेका चिनियाँ नागरिकलाई नियन्त्रण गर्ने क्रममा झडप भएको सिंहदरबार प्रहरी वृत्तले जनाएको छ । 

करिव २५ जनाको संख्यामा रहेका चिनियाँले आपूmसँग खानाका लागि पैसा नभएकाले आफ्नो देश जानपाउने व्यबस्था गरिदिन माग गर्दै नाराबाजी गरेका थिए । उक्त झडपमा नेपाल प्रहरीका डिएसपी र दुई जना चिनियाँ नागिरक घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस