aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

हावाहुरीका कारण शितगंगामा लाखौँको क्षति

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • शुक्रबार, २६ बैशाख २०७७
हावाहुरीका कारण शितगंगामा लाखौँको क्षति

अर्घाखाँची । बैशाख २५ गते अर्थात् हिजो आएको आँधीहरीका कारण अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा लाखौंको क्षति भएको छ । एक्कासी आएको हावाहुरीका कारण घर तथा गोठहरुको छानो फाल्दा स्थानीयहरु चिन्तित बनेका छन् ।

शितगंगा नगरपालिका वडा नम्बर १२ स्थित खल्याखर्कमा पुनहरि बेल्बासेको घरको छानो उडाउँदा करिब २ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै वडा नम्बर १२ निपानेका थानेश्वर बेल्बासेको गोठ उडाउँदा १ लाख बराबरको क्षति भएको छ ।  

शिनपा १२ दमारेमा टेकलाल बेल्बासे घरको छानो उडाएको छ । कोठीया मैदानका नुम बहादुर पुन र सस्वती थापाको घरको छानो उडाएको छ । घैटेटाकुराका धनबहादुर परिवारको गोठ उडाएको छ । देउरालीकी मीन कुमारी सुनारको घरको छानो उडाएको छ ।

त्यस्तै वडा नम्बर ४ चाक्लामा बलेन्द्र बिश्वकर्माको घरको छानो उडाउदा लाखौको क्षति भएको छ । उडाएको घरको छानोले २ वटा मोटरसाइकल तथा एउटा जिपमा समेत क्षति पुगेको छ । यस्तै वडा नं. १३ कृतिपुर देउराली पानी सँगै आएको चट्याङको कारण गोठमा बाँधी राखेको १ वटा गोरुका मरेको छ  । हावाहुरी र पानी परेकोले फलफुल, तरकारी तथा मकै बालीमा ठूलो क्षति पुगेको छ ।

हावाहुरीका कारण स्थानीयलाई पु¥याएको क्षतिको विवरण लिन शितगंगा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरे, इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी सहायक निरिक्षक मान बहादुर ज्ञवाली, सञ्चारकर्मी पुनहरि बेल्बासे र स्थानीयबासीको सहयोगमा वडा नम्बर १२ मा क्षतिको विवरण संकलन भइरहेको छ । विनासकारी हावाहुरीले पु¥याएको क्षतिबारे अध्ययन गरेर राहत तथा सहयोग गर्ने कार्य अगाडि बढाइने वडा नम्बर १२ का अध्यक्ष गैरेले जानकारी दिए ।

शितगंगा नगगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले भने घरको सबै छानो उडाएकोलाई पूर्ण क्षति भएको मानिने र आधा उडाएकोलाई सामान्य मानिन्छ । उनीहरुलाई प्रक्रिया पु¥याएर प्रति घरधुरी २५ हजार नगद र सामान्यलाई ५ हजारका दरले उपलब्ध गराउने बताए । नगरप्रमख अधिकारीका अनुसार घरको आधाधुरी उडाएका जनतालाई ५ हजारका दरले उपलब्ध गराउने राहतले हात्तीको मुखमा जिरा जस्तै हुन्छ ।

५ हजारले घरको डाँडा भाटाको जोहो गर्ने सम्म सहयोग हुन सक्दैन, सामान्य त्रिपाल किन्न पनि सकिँदैन । हावाहुरीले उडाएर लाखौँको क्षति पु¥याएको ठाउँमा ५ हजारको सहयोगले के गर्ने स्थानीयको गुनासो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस